स्वास्थ्य

    Showing १५१-१६० of २०६ items.
  • कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता

    झापा । कोशी प्रदेश सरकारले कडा रोगका विरामीलाई पाँच करोड आर्थिक सहायता वितरण गरेको छ । विगत एक वर्षमा पाँच सय बिरामीले उक्त सहायता लिएका छन् । कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा. रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना विरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।जसमध्ये बजेट अभावमा क्यान्सर, मृगौला, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इञ्जुरी, हेड इञ्जुरी र सिकलसेन एनिमियालगायतका पाँच सय जना विरामीलाई रु एक लाखका दरले आर्थिक सहायता वितरण गरेको उनले जानकारी दिए । ‘निवेदन धेरै परेको थियो, बजेट थोरै थियो’, उनले भने, ‘सुरुमा निवेदन द

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ३१६ पटक पढिएको
  • काेराेना र मंकीपक्समा फरक के छ ? यस्ताे छ चिकित्सककाे सुझाव

    एजेन्सी । जब विश्व स्वास्थ्य एम पक्स (मंकीपक्स) को बारेमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्‍यो, तब विश्वभर एउटा प्रश्न सोधियो । के मंकीपक्स नयाँ कोरोना हो ? वैज्ञानिक र स्वास्थ्य विज्ञहरूको जवाफ छ–होइन, त्यस्तो होइन । तर यसको विषयमा आम मानिसको चिन्ता भने जायज छ ।डब्लुएचओ (विश्व स्वास्थ्य संगठन) युरोपका क्षेत्रीय निर्देशक डा. हान्स क्लुगेले भने, ‘एमपोक्स नयाँ कोरोना होइन । आम जनताको लागि जोखिम कम छ । हामीलाई एमपक्स कसरी नियन्त्रण गर्ने थाहा छ,’ उनी भन्छन् । कोरोना र एमपोक्स दुवै रोग भाइरसबाट हुने गर्दछ । तर दुवैको लक्षण एकदमै फरक छ र फैलाउने तरिका पनि फरक छ । दुई रोगमा समानता भन्दा धेरै भिन्

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ३७२ पटक पढिएको
  • भरतपुर अस्पतालमा एमआरआई सुविधा, दैनिक २५ जनासम्मलाई सेवा

    चितवन । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार बुधबार प्राविधिक परीक्षण गरेर सफलता मिलेपछि आजदेखि ‘थ्री टेस्ला एमआरआई ६४ सलाइस’ को उकरण सञ्चालनमा ल्याउन लागिएको हो । प्रा डा पौडेलका अनुसार सङ्घीय सरकारले उपलब्ध गराएको २५ करोड र अस्पताल विकास समितिकोपाँच करोड गरी ३० करोडमा मेसिन खरिद गरिएको हो ।स्वास्थ्य बीमाले तय गरेको नौ हजारदेखि १४ हजार शुल्कमा उपकरणबाट स्वास्थ्य परीक्षण हुने उनले जानकारी दिए । दैनिक २५ जनासम्मलाई सेवा दिन सकिने जनाइएको छ । अस्पतालमा दुर्घटनालगायतका बिरामीको एमआरआई गर्नुपरेमा विपी कोइराला

    • प्रकाशित मितिः असार २७, २०८१
    • ४६३ पटक पढिएको
  • प्राणघातक हुन्छ इन्टरमिटेन्ट फास्टिङ ? के भन्छ अध्ययन ?

    एजेन्सी । तौल घटाउन र कोलेस्ट्रोल–चिनी नियन्त्रणमा राख्न विश्वभर विभिन्न खालका व्रतका चलन बढेका छन् । ठुलो सङ्ख्यामा मानिसहरू इन्टरमिटेन्ट फास्टिङ गर्न थालेका छन् । यो यस्तो खालको व्रत हो जसमा पौष्टिक चीजहरू निश्चित समयमा सेवन गर्नुपर्छ ।उदाहरणका लागिः यसमा २४ घण्टामा १६ घण्टा भोकै बस्न र ८ घण्टामा केही हल्का खान सल्लाह दिइन्छ । तर सबै खालका मानिसलाई यस्तो प्रकारको फास्टिङ लाभदायक हुन्छ भन्ने छैन । हालै भएको एक अध्ययनमा अन्वेषकहरूले यो फास्टिङ बारे निकै ठुलो दाबी गरेका छन् ।‘इन्टरमिटेन्ट फास्टिङ कयौँ प्रकारले लाभकारी मानिएको छ तर यदि तपाईंलाई मुटुको रोग छ र यस्तो खालको व्रत बस्न

    • प्रकाशित मितिः असार २४, २०८१
    • ३६० पटक पढिएको
  • झलनाथ खनाल सर्प पालन प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार : तत्कालीन मन्त्रीसहित पाँच दोषी ठहर

    काठमाडाैं ।  ‘झलनाथ खनाल सर्पपालन प्रतिष्ठान’ मा भएको भ्रष्टाचार प्रकरणमा मधेश प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित पाँच जना दोषी ठहर भएका छन् । सर्पदंश उपचार केन्द्र स्थापनार्थ राज्यको ढुकुटीबाट रकम खर्च हुने गरी पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता खनालका नाममा खोलिएको प्रतिष्ठानको बजेट हिनामिना गरेको अभियोगमा मधेश सरकारका तत्कालीन मन्त्री विजय कुमारसहित पाँच जना दोषी ठहरिएका हुन् ।मंगलबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले पूर्वमन्त्री कुमारसहित पाँच जनालाई दोषी ठहर गरेको हो । दोषी ठहराइएकाहरूमा

    • प्रकाशित मितिः असार १२, २०८१
    • ४२७ पटक पढिएको
  • सुनसरी , माेरङ ,झापा सहित देशकाे ७१ जिल्लामा फैलीयाे डेङ्गु संक्रमण

    इटहरी । डेङ्गु रोगको संक्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको संक्रमण बढेको बताए ।उनले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताए । ‘गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई ट

    • प्रकाशित मितिः असार १, २०८१
    • ४१९ पटक पढिएको
  • बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा हुन् सक्छन् यस्ता गम्भीर समस्या

    एजेन्सी । “के गर्ने बच्चाले खाना खाँदैन । कम से कम मोबाइल हेरेर खाना त खान्छ ।” अहिले धेरै अभिभावकको मुखबाट सुनिने बोली यही छ । धेरै जसो घरमा अहिले बच्चाहरुलाई खाना खुवाउनका लागि मोबाइलकै सहारा लिने गरेको देखिन्छ । चाहे बच्चा जुनसुकै उमेरको हुन सक्छ । खासमा बच्चालाई मोबाइल देखाएर खाना खुवाउँदा उसको मानसिक तथा शारीरिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ । जसमा विशेषज्ञहरुले भनेका केही समस्याहरु छन् ।लतविशेषज्ञहरुलाई मान्ने हो भने यदी बच्चालाई खाना खुवाउँदा मोबाइल देखाइयो भने उसलाई दैनिक यसरी नै खुवाउनु पर्ने हुन्छ । जसले गर्दा बच्चामा यसको नराम्रो असर पर्छ । दैनिक यसरी मोबाइल देखाएर खुवाउने

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ३३३ पटक पढिएको
  • तनहुँमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको मृत्यु

    दमौली । डेङ्गुको सङ्क्रमणबाट तनहुँमा यसवर्ष तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना व्यास नगरपालिकाका विभिन्न वडाको रहेका छन् । नगरपालिकाको स्वास्थ्य शाखा अनुसार गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ की १३ वर्षीया बालिकाको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको हो । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले विगत केही समयदेखि दमौलीमा डेङ्गुको सङ्क्रमण बढ्दो अवस्थामा रहेको बताए । कुल बिरामी सङ्ख्या एक हजार छ सयमध्ये एक हजार तीन सय ५० बिरामी  नगरपालिकाको रहेको जनाइएको छ । दमौली अस्पतालमा दैनिक

    • प्रकाशित मितिः असोज ९, २०८०
    • २४१ पटक पढिएको
  • कोदोको रोटी खानुहोस्, स्वास्थ्य राम्रो बनाउनुहोस

    एजेन्सी । स्वस्थ जीवन जिउनका लागि तपाईंले आफ्नो खानपानलाई पनि स्वस्थ बनाउन अत्यावश्यक हुन्छ । स्वस्थ खानपानभित्र पर्ने एउटा हो कोदोको रोटी ।यसले स्वास्थ्यमा पुग्ने फाइदाबारे जानौं:कोदोको पिठो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एकदमै धेरै पोषक तत्व पाइन्छन् जो स्वास्थ्यका लागि अत्यावश्यक हुन्छन् ।कोदोमा प्रोटिन, क्याल्सियम, फाइबर, काब्र्स र भिटामिन भरपूर मात्रामा पाइन्छ ।त्यस्तै यदि तपाईं तौल कम गर्न खोजिरहनुभएको छ भने कोदोको रोटी सेवन गर्न सक्नुहुन्छ । यसले तपाईंलाई लामो समय पेट भरिएको महसुस गराउँछ जसले गर्दा खाइरहने बानी कम हुन्छ ।त्यस्तै जो व्यक्तिको हड्डी र जोर्नीमा दुखाईको स

    • प्रकाशित मितिः असोज ७, २०८०
    • ३१३ पटक पढिएको
  • डेङ्गु नियन्त्रणका लागि धरानका विद्यालय बन्द

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु भाइरस नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ । डे

    • प्रकाशित मितिः साउन १७, २०८०
    • २५२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल