एजेन्सी । स्वस्थ जीवन जिउनका लागि तपाईंले आफ्नो खानपानलाई पनि स्वस्थ बनाउन अत्यावश्यक हुन्छ । स्वस्थ खानपानभित्र पर्ने एउटा हो कोदोको रोटी ।

यसले स्वास्थ्यमा पुग्ने फाइदाबारे जानौं:

  • कोदोको पिठो स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ । यसमा एकदमै धेरै पोषक तत्व पाइन्छन् जो स्वास्थ्यका लागि अत्यावश्यक हुन्छन् ।
  • कोदोमा प्रोटिन, क्याल्सियम, फाइबर, काब्र्स र भिटामिन भरपूर मात्रामा पाइन्छ ।
  • त्यस्तै यदि तपाईं तौल कम गर्न खोजिरहनुभएको छ भने कोदोको रोटी सेवन गर्न सक्नुहुन्छ । यसले तपाईंलाई लामो समय पेट भरिएको महसुस गराउँछ जसले गर्दा खाइरहने बानी कम हुन्छ ।
  • त्यस्तै जो व्यक्तिको हड्डी र जोर्नीमा दुखाईको समस्या हुन्छ त्यस्ता व्यक्तिले कोदोको पिठोबाट बनेको रोटीको सेवन गर्नुपर्दछ । यस पिठोमा क्याल्सियम हुन्छ जसले हड्डीलाई बलियो बनाउँछ ।
  • दैनिक बिहान कोदोको रोटी खानाले पूरा दिन ऊर्जावान महसुस हुन्छ । यो रोटीले तपाईंलाई स्वस्थ तथा फूर्तिलो बनाइराख्छ ।
  • पाचन तन्त्रलाई बलियो बनाउन पनि तपाईं कोदोको पिठोबाट बनेको रोटी खान सक्नुहुन्छ । यसमा फाइबर हुन्छ जसले पाचन प्रक्रियालाई सुधार गर्छ ।
  • मधुमेहका रोगीका लागि पनि कोदोको पिठोबाट बनेको रोटी खानु फाइदाजनक हुन्छ । यसले इन्सुलिनको लेवललाई बढाउन सहयोग गर्छ । जसले गर्दा रगतमा चिनीको मात्रा कम हुन्छ ।