इटहरी । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुर्नेमा उदयपुरको त्रियुगा नगरपालिका १० का ४० बर्षीय पुरुष रहेका छन् ।

प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार उनलाई माघ २१ गते संक्रमण पुष्टि भएको थियो भने सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनल कोभिड विरुद्धको खोप लगाएका थिए । उनको उपचारको क्रममा आज (शुक्रबार) बिहान ५ बजे मृत्यु भएको हो ।उनको शव नियम अनुसार व्यवस्थापन भएको प्रतिष्ठानले जनाएको छ ।