इटहरी । नेपाली कांग्रेसका नेता डा. सुनिलकुमार शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको शल्यक्रिया निःशुल्क गर्ने घोषणा गर्नुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै काठमाडौं मेडिकल कलेज (केएमसी) र दुवाकोट तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमार्फत् एक हजार बिरामीको गम्भीर रोगको शल्यक्रिया निःशुल्क गर्ने घोषणा उहाँले गर्नुभएको हो ।

मेडिकल कलेजमा अध्ययन गर्न आउने विपन्न विद्यार्थीको लागि छात्रवृत्तिको प्याकेज ल्याउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो ।