विराटनगर सिटी एफसीले आगामी नेपाल सुपर लिग सिजनका लागि विष्णु गुरुङलाई प्रशिक्षकमा नियुक्त गरेको छ । गुरुङले भर्खरै सम्पन्न ए डिभिजन लिगमा संकटा क्लबलाई प्रशिक्षण दिएका थिए र उनीहरूसँग आकर्षक फुटबल प्रदर्शन गरेका थिए।



विराटनगर सिटी एफसीको विज्ञप्ति यस्तो छ : ‘नेपाल सुपर लिगको आगामी संस्करणका लागि बिष्णु गुरुङलाई क्लबको मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको घोषणा गर्न पाउँदा विराटनगर सिटी फुटबल क्लब हर्षित छ । विष्णु गुरुङ एक प्रभावशाली नेतृत्व  हुनुहुन्छ  र खेलमा आफ्नो छोटो कोचिङ करियरमा धेरै सफलता हासिल गर्नुभएको छ। क्लबलाई लाग्छ कि श्री गुरुङ क्लबको भिजनलाई अगाडि बढाउनका लागि उपयुक्त हुनुहुन्छ।"