इटहरी उपमहानगरपालिका वडा नं ९ हाटखोलामा नगर गौरबको ठुलो योजना अत्याधुनिक कोल्डस्टोर सहितको कृषि  बजार शिलान्यास गरिएको छ।
उपमहानगरप्रमुख द्धारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले उक्त आयोजनाको शिलान्यास गरेका हुन् ।

६ लाख केजी सामान एकै पटक भण्डारण गर्न मिल्ने कोल्डस्टोर सहितको उक्त बजार जम्मा २५करोड ६लाख ५ हजारमा निर्माण गर्ने योजना रहेको कुरा उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर जीवन घिमिरेले जानकारी दिए ।
निर्माण हुन लागेको आधुनिक कृषि बजारमा तरकारी , फलफूलजन्य सामाग्रीका लागि बिक्री कक्ष , प्रशासनिक भवन , आवास कक्ष, २ वटा धर्म काँटा, १० वटा बिक्री कक्ष साथै एटीएम सहितको बैंक रहने छ । संघीय सरकारले यस वर्षको लागि पठाएको २ करोड २९ लाख अनुदान पठाएको छ भने क्रमागत रूपमा दुईवर्ष बजेट उपलब्ध हुने छ।   आयोजनामा ५० प्रतिशत सहभागिता उपमहानगरपालिकाको रहने छ साथै प्रदेश सरकार बाट यो वर्षकालागि १ करोड अनुदान आएको छ।
शिलान्यास समारोहलाई सम्बोधन गर्दै उपमहानगर प्रमुख द्धारीकलाल चौधरीले इटहरीमा विकास निर्माणले गति लिनको पछि जनप्रतिनिधिको पहल र जनता बाट उठेको करको ठूलो योगदान रहेको कुरा बताए । नगरपालिकाको योगदान र इटहरी विकासमा दलहरु बिच राम्रो सहिष्णुता रहेको कारणलेनै इटहरीमा ठुलो परिवर्तन आएको कुराको समेत जानकारी दिएका छन् ।