राजन दाहाल

नारीको महान पर्व हो तीज, हिन्दूको धर्ममा,
मेटिन्नँ मेटी केही गरे पनि, जे छ त्यो कर्ममा ।
संस्कृति हो यो मनाउनुपर्छ, पवित्र मन गरी,
स्वच्छ र सफा हृदयमा नै, बस्नुहुन्छ श्रीहरि ।

किन पो चाहियो रातो नै सारी, सुन पनि चाहिन्नँ,
आत्मा शुद्ध भए पाइन्छ फल, देखाउँदै पाइन्नँ ।
पतिको नाउँमा व्रत बस्ने चलन, कसले पो चलायो,
नारीको महान यो कार्य देख्दा, भाव विह्वल गरायो ।

नबसे प्यारी निराहार व्रत, केही पनि नखाई,
खाली पेट बस्दै मिल्दैन धर्म, खानु है पकाई ।
त्यसैले सम्मान गरौँ हे पुरुष, सदैव महिलालाई,
विश्वासको न्यानो मायामा बाँध्न, नभनौँ कहिलेकाहीँ ।