काठमाडौँ । काठमाडौँमा राप्रपाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट दीपक केसी अध्यक्ष पदमा निर्वाचित भएका छन् । केसीले ३९० मत प्राप्त गरी बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी ऋद्धिप्रताप राणाले २२० मत प्राप्त गरे । अर्का उम्मेदवार प्रमोद पौडेलले ३४ मत ल्याए ।
नवनिर्वाचित अध्यक्ष केसी राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका पूर्वसंयोजक समेत हुन् । उनी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देननिकट नेताका रुपमा चिनिन्छन् । ज्ञानेन्द्र शाही निकट उम्मेदवार पौडेल ३४ मतका साथ तेस्रो स्थानमा रहे ।


















