इटहरी । पछिल्लो २४ घण्टामा लमजुङको फलेनीमा ११६.२ मिलिमिटर वर्षा मापन भएको छ भने भुजुङ स्टेशनमा ९१.४ मिलिमिटर वर्षा मापन भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कास्कीको याङ्जाकोटमा ९३.२ र सिकलेसमा ८३.४, सिन्धुपाल्चोकको ढुंगे र काठमाडौंको सुन्दरीजल स्टेशनमा ८९.६/८९.६ मिलिमिटर वर्षा मापन भएको छ ।
पछिल्लो २४ घण्टामा ५० मिलिमिटर भन्दा धेरै अर्थात भारी वर्षा हुने जिल्लाहरू धेरै रहेका छन् । स्याङ्जा, बागलुङ, पाल्पा, सुर्खेत, रुकुमपश्चिम, दैलेख, मकवानपुर र खोटाङमा भारी वर्षा भएको छ ।


















