काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिका–वडा नम्बर ४ मा एकै घरका ४ जना मृत फेला परेका छन् ।४ जनाको घटनास्थलमा र थप एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोमबार बिहान ४ जना घरमै शंकास्पद अवस्थामा मृत फेला परेका थिए भने थप एक जनालाई उपचारका लागि पाटन अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । यस्तै दुई जनालाई उपचारका लागि पाटन अस्पताल लगिएकामा दुई दिने शिशुको मृत्यु भएको प्रहरीको भनाइ छ ।
यस्तै घरमुली शुभ स्याङतानको गम्भीर अवस्थामा उपचार भइरहेको छ। घटनास्थलमै ५५ वर्षीय काँइली स्याङतान, ९ वर्षीय आशिष स्याङतान, २४ वर्षीय शुष्मा स्याङतान र ७ वर्षीय आष्मा स्याङतान मृत फेला परेका थिए । स्थानीयले घटनाबारे थाहा पाएपछि प्रहरीलाई खबर भएको थियो ।
प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको छ भने यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।


















