मोरङ । प्रहरीले मोरङको रतुवामाई नगरपालिका ४ पैयामारीबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी चौकी झुर्कियाबाट खटिएको प्रहरी टोलीले सोही स्थानमा दक्षिणबाट उत्त तर्फ साइकलमा सवार रहेका दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका ७ का १९ वर्षीय राहुलकुमार शर्मा र मोरङको उर्लाबारी नगरपालिका ७ का २२ वर्षीय युगल लिम्बू रहेका छन् ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा निषेधित लागूऔषध नाईट्राभेट १६५ ट्याब्लेट र ट्रामाडोल २४५ पत्ता बरामद गरी साइकलसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।