काठमाडौं । बिहीबार बिहान गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिममा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भू-भागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको आकलन पनि गरिएको छ।
 
राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा वर्षा हुनसक्ने ठानिएको छ।