काठमाडौं । फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु मैदानमा पिएसजीले मोन्टपिलरलाई ५–२ ले पराजित गरेको हो । पिएसजीका लागि नेइमारले ४३ र ५१ औँ मिनेटमा गरी दुई गोल गरे ।
 
यस्तै केलियन एमबाप्पे र रेनातो सान्चेले एक–एक गोल गर्दा मोन्टपिलरका साक्कोले आत्मघाती गोल गरेका हुन् । मोन्टपिलरका लागि खज्री र चातो एमबियीले एक–एक गोल गरे ।

लगातार दुई जितबाट ६ अंकसहित शीर्ष स्थानमा रहेको पिएसजीका लागि नेइमारले यो सिजन तीन गोल र तीन गोलका लागि सहयोग गरिसकेका छन् ।