काठमाडौं । सिराहाको चुरे क्षेत्रसँग जोडिएको गोबजार नगरपालिका ३ जमदह जरुवामा आइतबार बिहान जंगली हात्तीको आक्रमणबाट एक युवक गम्भिर घाइते भएका छन् ।
जमदह जरुवा गाउँका करिब ३५ वर्षीय रामकुमार दनुवार आइतबार बिहान ४ बजेतिर घर बाहिर निस्किएका बेला बाटोमा बसिरहेका दुई वटा हात्तीको आक्रमणमा परी गम्भिर घाइते भएको वडाध्यक्ष धनप्रसाद मोक्तानले जानकारी दिए ।
हात्तीको आक्रमणबाट दनुवारको ढाड र शरीरका अन्य भागमा समेत चोट लागेरको छ । चोटका कारण बस्न समेत नसक्ने भएकाले उनलाई गोलबजारस्थित माँ धमिनी पोलिक्लिनिकमा सामान्य उपचार गरी लहान ल्याइएको छ । लहानमा पनि उपचार संभव नहुने देखिएकाले चिकित्सकले थप उपचारका लागि बाहिर रेफर गर्ने तयारी गरेको घाइतेसँग रहेकी बहिनी अनिता दनुवारले जानकारी दिएकी छन् ।


















