झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिकाले भोलि (सोमबार) सार्वजनिक बिदा दिने भएको छ। 

कचनकवल–१ स्थित भुतेश्वर महादेव शिवालय मन्दिरमा प्रत्येक वर्ष साउनको अन्तिम सोमबार स्थानीय मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिने निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिए। 

उनका अनुसार गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायतका सम्पूर्ण सरकारी कार्यालयहरू बन्द रहनेछन्।