काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ सय ५५ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।  

चार हजार ८२९ गरिएको परीक्षणमा ४ सय ५५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

दुई हजार ३ सय ८ पिसिआर परीक्षणमा ३ सय ५ र दुई हजार ५ सय २१ एन्टिजेन परीक्षणमा १ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। 
 
यस्तै, पछिल्लो २४ घण्टामा दुई जना संक्रमितको मृत्यु हुँदा ३ सय २ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ।