सुर्खेत । लागूऔषध ब्राउनसुगरसहित सुर्खेत वीरेन्द्रनगरबाट श्रीमान्-श्रीमती पक्राउ परेका छन्। 

कर्णाली प्रदेश प्रहरी लागूऔषध ब्यूरो शाखा, जिल्ला प्रहरी र नगर प्रहरी सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार वीरेन्द्रनगर नगपालिका–४ सुर्खेत समावेशी टोलबाट ३७ वर्षीय लल्लु भन्ने किरण गिरी र उनको श्रीमती २६ वर्षीया सरला शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।   

प्रहरीले उनीहरूको घरको कोठाका विभिन्न ठाउँमा लुकाइछिपाइ राखेको अवस्थामा लागूऔषध ब्राउनसुगर जस्तो देखिने ४७ ग्राम ६२० मिलिग्राम फेला पारी बरामद गरेको हो ।

यस्तै रु २६ हजार ३०० बरामद गरी उक्त दम्पतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।