काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ५ हजार ७३७ जनामा परीक्षण गर्दा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । 

जसमध्य ३ हजार १५५ नमुनाको पीसीआर परीक्षण गर्दा ४२७ जना र २ हजार ५८२ जनामा एनटीजेन परीक्षण गर्दा ४६१ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ४७४ जना संक्रमणमुक्त हुँदा १ जनाको मृत्यु भएको छ । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या पीसीआरतर्फ ९ लाख ९३ हजार ४५९ र एन्टीजेनतर्फ १ लाख ४७ हजार ३७३ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ७६ हजार ८३ पुगेको छ । हालसम्म  ११ हजार ९८९ संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ३८७ पुगेको छ।