ललितपुरः ललितपुरको धापाखेलमा पहिरोले सिंगै घर ढलेको छ।
सोमबार बिहान ६:३५ बजे ललितपुर महानगरपालिका-२४ धापाखेल स्थित सोबित कुमार थापाको साढे २ तले घर पहिरोले ढलेको हो।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अविरल वर्षाका कारण आएको पहिरोले उक्त घर ढलेर खोलामा पुगेको छ।
पहिरोका कारण खोला समेत थुनिएको छ।


















