फिदिम । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पाँचथरको फिदिम नगरपालिका ११ का एक पुरुषलाई पक्राउ गरेको छ। बलात्कृत बालिकाका मामाले दिएको उजुरीका आधारमा नागिन स्थित फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर सन्तोष राईले जानकारी दिए। 
 
बुढाथोकीले शनिबार राती बालिकालाई बलात्कार गरेको आरोप छ। बालिकाका आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि बुढाथोकी पक्राउ परेका हुन्। उजुरी दिएलगत्तै आरोपितलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।