काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई प्रतिबन्ध लगाएको छ । हालै, भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष प्रफुल्ल पटेललाई हटाएर प्रशासकको समिति (सीओए) को गठन गरेको छ । तर, फिफाले यो कदमप्रति असहमति जनाएर तेस्रो पार्टीको हस्तक्षेपलाई अमान्य भन्दै भारतीय फुटबललाई प्रतिबन्ध लगाएको ।

पछिल्लो केही महिनादेखि एआईएफएफमा ठीकठाकसँग चलिरहेको छैन । यसै वर्ष भारतको सर्वोच्च अदालतको आदेशमा एआईएफएफका अध्यक्ष पटेललाई खेल मन्त्रालयले हटाएको थियो । साथै खेल सञ्चालन गर्नको लागि सीओए गठन गरियो । त्यही, २८ अगस्तसम्म चुनाव गर्न आदेश दिएको थियो । फिफाले एआईएफएफलाई प्रतिबन्ध लगाएपछि भारतबाट फिफा यू १७ महिला विश्वकपको आयोजना अधिकार पनि खोस्ने चेतावनी दएको छ ।