काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८५२ जना कोरोना संक्रमित थपिएका छन् । ६३८३ जनामा गरिएको नमुना परीक्षणमा ८५२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो समयावधिमा ३२८ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् भने १८९७६७ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।

सो समयावधिमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । अहिले देशभर ५४६२ जना सक्रिय संक्रमित रहेका छन् ।