काठमाडौंः शनिबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग आजदेखि सञ्चालनमा आएको छ । रोशी खोलामा आएको बाढीले डाइभर्सन बढाएपछि ३ दिन लगाएर मर्मत गरिएको हो ।
आज साढे ३ बजेबाट सवारी सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ । सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको सहयोगमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो ।
रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेँशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको थियो । सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा डाइभर्सन बगाएको थियो ।


















