इटहरी । मोरङको सुन्दरहरैचा–११ मा आगलागी हुँदा एक जना मजदुरको जलेर मृत्यु भएको छ ।

आगोमा जलेर बेलबारी–११ का ३८ वर्षीय कुमार श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी एवम् प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए ।
 
बुधबार राति करिब ११ बजेतिर बालकृष्ण गिरीको साढे दुई तले घरमा आगो लाग्दा श्रेष्ठको मृत्यु भएको हो । उनी घरमा रंगरोगन गर्ने मजदुर भएको प्रहरीले जनाएको छ ।

विद्युत सर्ट भएर आगो लागेको प्रहरीको प्रारम्भिक अनुमान छ ।