काठमाडौं । रुसी हमलामा युक्रेनको खार्किभमा कम्तीमा ६ जनाको मृत्यु भएको छ । बुधबार भएको उक्त हमलामा १६ जना घाइते भएका छन् ।
युक्रेनका राष्ट्रपतिले भोलोदिमिर जेलेन्स्कीले उक्त हमलालाई घृणित र निन्दनीय बताएका छन् । हमलामा एउटा फ्ल्याटका ब्लक पूर्णरूपमा ध्वस्त भएको बताए ।
आक्रमणको कुनै औचित्य नभएको र यसले अतिक्रमणकारीको शक्तिहीनता प्रदर्शन गरेको बताए । आक्रमणको बदला लिने पनि उनले चेतावनी दिएका छन् ।


















