इटहरी । आज अगस्ट महिनाको दोस्रो बुधबार । नेपालसहित विश्वभर आज विश्व सुलेखन दिवस मनाइँदै छ ।
अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइन्छ । हरेक वर्ष अगस्टको दोस्रो बुधबार विश्व क्यालिग्राफी (सुलेखन) दिवस मनाइन्छ । दिवसमार्फत् अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ ।
यो दिवस सन् २०१७ देखि मनाउन थालिएको हो । राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस (कुची) या कलमले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालिग्राफी भनिन्छ । यस्ता क्यालिग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठूलो योगदान रहन्छ ।
इतिहास हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ । चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालिग्राफीलाई उच्च कलाको रूपमा लिइन्छ ।


















