इटहरी । बुधबार शेयर बजार मापक नेप्से परिसूचक ०.०२ प्रतिशत अर्थात् ०.५५ अंकले बढेर २ हजार ६४२.४० विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३४८ स्टकको ८७ लाख १ हजार ९४४ कित्ता शेयर ४३ हजार ९९० पटक किनबेच हुँदा ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ रुपैयाँको शेयर कारोबार भएको छ । अघिल्लो दिन भने ४ अर्ब ११ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।
कारोबारमा आएका ५ वटामा हरियाली छाउँदा लगानी समूह सर्वाधिक अर्थात २.२१ प्रतिशतले बढेको छ । उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात ०.७० प्रतिशतले घटेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक ३१ करोड ६० लाख रुपैयाँको शेयर किनबेच भएको छ । दोस्रो बजारमा कारोबार हुन थालेको पहिलो दिन माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।
अप्पर लोहरेखोला हाइड्रोको शेयरमूल्य १५ प्रतिशत घटेको छ । सो कम्पनीको कर्मचारी र स्थानीय बासिन्दाका लागि छुट्याइएको शेयरको लकइन खुल्ने अघिल्लो दिन १५ प्रतिशत मूल्य घटेको हो ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब १५ करोड ३७ लाख ८७ हजार ८८० रुपैयाँ कायम भएको छ ।


















