इटहरी । आज पनि सुनको दाम घटेको छ । चाँदीको मूल्य भने बढेको छ ।

आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ घटेको हो । चाँदीको मूल्य प्रतितोला ५  रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य प्रतितोला ४ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।