काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
विभागले दिएको विवरण अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। प्रदेश १ का केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक/दुई स्थानमा मेघगर्जन रचट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
 
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श दिदै विभागले देशभर आंशिकदेखि सामान्य बदली रहने जनाएको छ। 

पहाडी भू–भागका केही तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोले उक्त भू–भागहरूमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको भनेको छ । 

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमबिद्ले आग्रह गरेको छ ।