काठमाडौं । देशभर आज थप २८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 
पछिल्लो २४ घन्टामा देशभरबाट ३४२३ नमूना परीक्षण गर्दा २८६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १८१६ र एन्टिजेनबाट १६०७ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २०२ र एन्टिजेनबाट ८४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४७९ जना कोरोनामुक्त भएका छन्।

हाल कोरोना सक्रिय संक्रमितको संख्या ४३४८ पुगेको छ।