काठमाडौं । केलियन एमबापेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार फ्रान्सेली लिग वानमा लिललाई ७-१ को फराकिलो गोलअन्तरले हराएको छ ।

पीएसजीको यो लगातार तेस्रो जित हो । पीएसजीका लागि नेयमारले दुई गोल गरे भने लियोनल मेसी र अचरफ हाकिमीले एक एक गोल गरे । 

लिलमाथि पीएसजीको यो अहिलेसम्मकै सबैभन्दा ठूलो गोलअन्तरको जित हो । तीन खेलबाट नौ अंकसहित पीएसजी लिग तालिकाको शीर्ष स्थानमा छ ।