काठमाडौँ । केन्या विरुद्धको तेस्रो टि-२० खेल नेपालले ४ विकेटले जितेको छ । नैरोबीमा आइतबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको केन्याले प्रस्तुत गरेको १ सय ५७ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदै पूरा गरेको थियो । जीतसँगै ५ वटा टि-२० श्रृंखलामा नेपालले २-१ को अग्रता लिएको छ । 
 
प्रतिउत्तर ब्याटिङ गरेको नेपालका लागि ज्ञानेन्द्र मल्लले ४६ रन बनाएका थिए । मल्लले ४१ बल खेल्दै १ छक्का र ४ चौका प्रहार गरेका थिए । नेपालका लागि डेब्यू गरेका अर्जुन साउदले ३५ रन बनाएका थिए । ३१ बल खेलका ओपनिङ ब्याट्सम्यान साउदले ३१ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरेका थिए ।
  
रोहित पौडेलले २९, मोहम्मद आदिल अलामले १७, पवन सर्राफले २०, दीपेन्द्रसिंह ऐरीले ६ र आरिफ शेखले नटआउट ४ रन बनाएका थिए । केन्याका लागि भीराज पटेल र युगेन अचिइङले २-२ विकेट लिएका थिए ।

टस जितेर ब्याटिङ गरेको केन्याले २ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । केन्याका लागि रकेप पटेलले ७३ रन र इरफान करिमले ५५ बनाएका थिए । उनीहरुले तेस्रो विकेटका लागि १ सय २७ रनको साझेदारी गरेका थिए ।