काठमाडौं । नेपालले केन्या विरुद्धको ३ खेलको एकदिवसीय श्रृखंलाको उपाधि एक खेल अगावै जितेको छ । घरेलु टोली केन्यालाई दोस्रो एकदिवसिय खेलमा १६ रनले पराजित गरेसँगै नेपालले श्रीखंलाको उपाधि २(० ले जितेको हो ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको अन्तिम विकेट बाँकि छँदा पाहुना टोली नेपालले रोमाञ्चक जित निकाल्यो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव २ ओभरमा अलआउट हुँदै २ सय ३० रनको योगफल तयार गरेको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले । यसैगरी देव खनालले ३७ रन जोड्दा सोमपाल कामीले २६ रन बनाए । २ सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ दशमलव ३ ओभरमा २ सय १३ रन बनाउदा अल आउट भयो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४ विकेट लिदा सोमपाल कामीले ३ विकेट लिए । यसअघि पहिलो एकदिवसीय खेलमा नेपालले केन्यालाई ७ विकेटले पराजित गरेको थियो । अब तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।