काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई डेंगी संक्रमण देखिएको छ । भण्डारीलाई आइतबार डेंगी पुष्टि भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपका दौरान साम्बालाई डेंगी भएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य छ । संक्रमण देखिएसँगै सावित्राले सोमबार हुने श्रीलंकाविरुद्ध खेल गुमाउने भएकी छिन् ।