सर्लाही । रोल्पाको त्रिवेणी गाउँपालिका–२ मा रहेको दुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडका पदाधिकारी र सदस्य गरी ३ जना १ करोड ६१ लाख रकम लिएर सम्पर्कविहीन भएका छन् ।
त्रिवेणी गाउँपालिका–२ स्थित रहेको दुवागाउँ साना किसान कृषि सहकारी संस्था लिमिटेडकी अध्यक्ष प्रमिला पुन,सचिव चन्द्र बहादुर बस्नेत र सदस्य लोक बहादुर डांगी सहकारीको खातामा रहेको १ करोड ६१ लाख रकम लिएर सम्पर्क बिहिन भएका हुन् ।
लुम्बिनी प्रदेशको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले ठेक्का मार्फत शित भण्डार निर्माणका लागि लगाएको ठेक्का मार्फत मन्त्रालयबाट सहकारीको खातामा आएको रु १ करोड ६१ लाख रकम लिएर उनीहरु सम्पर्क बिहिन भएका निर्माण कम्पनी माछापुच्छे रेफ्रिजेशन एण्ड एसी पार्ट्स भैरहवाले जनाएको छ ।
२०७८ असारमा सम्झौता गरि काम सुरु भएको शित भण्डारको २०७८ पौष मसान्तमा निर्माणको काम सकिएको भएपनि विभिन्न बाहनामा सहकारीले भुक्तानी नदिएको र मन्त्रालयबाट केही दिन पहिला रकम सहकारीको खातामा आएकोमा सोही दिनदेखि सहकारीकी अध्यक्ष पुन,सचिव बस्नेत र सदस्य डाँगी सम्पर्क बिहीन भएपछि निर्माण कम्पनीका सञ्चालक तनावमा परेका छन् ।

















