एजेन्सी । पहिलोपटक जीम जाने व्यक्तिहरु प्रायजसो धेरै उत्साहित हुने क्रममा शरीरलाई एकदमै धेरै कसरत गर्नका लागि धकेल्छन् । यसरी तपाईंले आफ्नो शरीरलाई चोट पुर्‍याउन पनि सक्नुहुन्छ ।त्यसैले पहिलोपटक जीम जाँदै हुनुहुन्छ भने तपाईंका लागि विशेषज्ञहरुको अनुभवबाट केही टिप्सहरु ल्याउका छौं ।

जानौं ति टिप्सका बारेमा:

– सानो तथा सक्ने खालको गोल बनाउनुहोस् । शुरुआतमा नै ठूलो गोल तयार गर्नुभयो भने त्यसलाई तपाईंले पूरा गर्न सक्नुहुने छैन । त्यसैले सानो सानो गोलबाट आफूलाई फिट गराउँदै जानुहोस् ।

–  कुनै पनि कसरत गर्नका लागि वार्मअप एकदमै जरुरी हुन्छ । त्यसैले स्ट्रेचिंग तथा वाकिंग गरेर कसरतको शुरुआत गर्नुहोस् । यसले शरीर भारी कसरतका लागि तयार हुन्छ र शरीरमा लचकता पनि आउँछ ।

– पहिलोपटक जीम जानुभएको छ भने जोशमा होस नगुमाउनुहोस् । सामान्य कसरतबाट नै शुरुआत गर्नुहोस् र सुस्त सुस्त हेवी वर्कआउटमा स्वीच गर्नुहोस् ।

– जीमको शुरुआतमा जहिले पनि ट्रेनर को सल्लाह लिनुहोस् । आफूले गर्न खोजेको कसरत तथा अभ्यासका बारेमा उनीहरुसँग सल्लाह लिएर मात्र गर्नुहोस् । यसले चोटपटक लाग्ने खतरा कम हुन्छ ।

– शरीरमा धेरै दुखाई भएको खण्डमा आराम गर्नुहोस् । जबरजस्ती कसरत गरिरहँदा ठूलो चोटपटक लाग्ने सम्भावना हुन्छ ।

– कोही दोस्रो व्यक्तिसँग आफूलाई तुलना नगर्नुहोस् । जीममा सबै थरीका मानिसहरु हुन्छन् कसैको कस्तो शरीर हुन्छ कसैको कस्तो तथा कसैले धेरै मेहनत गरिसकेका पनि हुन्छन् । त्यसैले आफूलाई अरुसँग तुलना गरेर खिन्न हुने काम गर्नुहुन्न ।

– जिम गर्ने व्यक्तिले हाइड्रेसन तथा उचित खानपानको विशेष ख्याल गर्नुपर्ने हुन्छ । शरीरमा पोषण तत्वको कमी भयो भने मसल्स फ्याक्चर तथा शरीरमा कमजोरी महसुस हुन थाल्छ ।

– शरीरलाई कसरत गरिसकेपछि सही तरिकाले आराम दिन पनि उत्तिकै जरुरी हुन्छ । त्यसैले समयमा आराम गर्ने तथा पूरा निद्रा लिन पनि एकदमै जरुरी हुन्छ ।