काठमाडौँ ।  आज  सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार तोलामा  १ लाख १२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य  आज (आईतबार) तोलामा ३०० रुपैयाँ बढेर  १ लाख १२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यससँगै, आज  तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ३५० रुपैयाँ कायम छ । गत साताको शुक्रबार  तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको थियो  ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम थियो ।