इटहरी । तिहारअघिको अन्तिम कारोबार दिन नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२ विन्दुमा अडिएको छ ।  

नेप्सेमा सूचीकृत ३३६ कम्पनीको १ करोड ७ लाख १३ हजार ८४२ कित्ता शेयर ३३ हजार २१५ पटक किनबेच हुँदा ३ अर्ब ४६ करोड २० लाख ५९ हजार ३२३ रुपैयाँको शेयर कारोबार भएको छ ।  

अन्य समूहबाहेकका बाँकी सबै उपसमूहमा हरियाली छाउँदा निर्जीवन बीमा समूह सर्वाधिक अर्थात् ०.६३ प्रतिशतले बढेको छ ।  

त्यस्तै, बैंकिङ समूह ०.०९ प्रतिशत, विकास बैंक समूह ०.२६ प्रतिशत, फाइनान्स समूह ०.०३ प्रतिशत, होटल तथा पर्यटन समूह ०.०४ प्रतिशत, हाइड्रो समूह ०.२५ प्रतिशत, लगानी समूह ०.२३ प्रतिशत, जीवन बीमा समूह ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.१० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.०८ प्रतिशत, म्युचुअल फण्ड ०.५३ प्रतिशत र व्यापार समूह ०.०८ प्रतिशतले बढेको छ ।  

अन्य समूह भने ०.८८ प्रतिशत घटेको छ ।  

बढेको बजारमा सर्वाधिक कमाउने कम्पनीमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । सो कम्पनीको शेयरभाउ १४.०८ प्रतिशत बढेको छ । बेनी हाइड्रोपावरको ५.७८ प्रतिशत, आरबीसीएलको ३.४२ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ३.१९ प्रतिशत, चिरख्वा हाइड्रोको ३.१८ प्रतिशत, सेन्चुरी डिबेञ्चरको ३ प्रतिशत, ग्लोबल आइएमई डिबेञ्चरको ३ प्रतिशत, एसबीएल डिबेञ्चरको २.९२ प्रतिशत, माउन्ट एभरेष्ट पावरको २.९४ प्रतिशत र मुक्तिनाथ कृषि कम्पनीको २.८९ प्रतिशतले शेयरमूल्य बढेको छ । 

सर्वाधिक गुमाउनेमा घोराही सिमेन्टस रहको छ । सो कम्पनीको ४.४३ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ३.७० प्रतिशत, कालिञ्चोक दर्शनको २.७० प्रतिशत, गुराँस लघुवित्तको २.६४ प्रतिशत, कुमारी सबल योजनाको २.३५ प्रतिशत, निफ्रा उर्जा ऋणपत्रको २.३४ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको १.८८ प्रतिशत, बुटवल पावरको १.७० प्रतिशत, भुजुङ्ग हाइड्रोपावरको १.६२ प्रतिशत र नेरुडे मिर्मिरे लघुवित्तको १.६२ प्रतिशतले शेयरमूल्य घटेको छ ।  

सबैभन्दा धेरै घोराही सिमेण्टको २१ करोड ६३ लाख ४८ हजार ९८८ रुपैयाँको शेयर किनबेच भएको छ । 

श्वेतगंगा हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, घलेम्दी हाइड्रो र सानिमा माइ हाइड्रो उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् । 

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ७० अर्ब ६० करोड १४ लाख १८ हजार ३०२ रुपैयाँ कायम भएको छ ।