काठमाडौँ ।आज (मङ्गलबार) सुनको भाउ स्थिर भएको छ भने चाँदीको भाउ सामान्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ११ हजार ३ सय रुपैयाँ रहेको  छ भने तेजावी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ पुगेको  छ । 

यता, चाँदीको भाउ सामान्य बढेर प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।