काठमाडौं । आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको जस्तै एक लाख १० हजार ४ सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ । आज चाँदीको प्रतितोला कारोबार मूल्य एक हजार ३९० रुपैयाँ तोकिएको छ ।

















