काठमाडौं । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज (आईतबार) तोलामा १०० रुपैयाँले घटेर प्रतितोला छापावाल १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै,आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ । सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।

















