काठमाडौं ।आज (बुधबार) सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज १०० रुपैयाँ बढेर १ लाख १० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा करोबार भएको थियो । यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ सय रुपैयाँले नै बढ्दै १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।
यता चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले बढ्दै १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

















