काठमाडौँ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो सोमबारको तुलनामा आज मंगलबार सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार १५० रुपैयाँ कायम छ । हिजो सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १३ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४५० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर १४ सय ४५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ थियो ।