काठमाडौँ । आज (आईतबार) सुनको मुल्य १०० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साताको शुक्रवार प्रतितोला १ लाख १२ हजार १००  रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १०० रुपैयाँले बढेर प्रति तोला १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

 यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ ।गत साताको शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ५५० रुपैयाँ थियो । 

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ बढेर  १४ सय ३० रुपैयाँ कायम छ । शुक्रबार यसको कारोबार मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ कायम थियो ।