इटहरी । नेपाल तेक्वान्दो संघले प्रथम अन्तर विद्यालय तेक्वान्दो प्रतियोगिता गराएको छ । स्वास्थ्यको लागि खेलकुद राष्ट्रियको लागि खेलकुद नारा दिएको संघलले शनिवार महेश्वर झोडामा प्रतियोगिता सम्पन्न गरेको हो ।

सुन्दरहरैँचाको महेश्वर झोडाको ज्योति माध्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरेको तीनपैनी तेक्वान्दो डोजाङ्गले प्रतियोगितामा विजयी हुनेलाई पुरस्कार सहित सम्मान गरेको थियो ।

प्रतियोगितामा  सुन्दरहरैँचाको ज्योति स्कुल प्रथम भएको थियो । सावित्री स्कुल केराबारी ५ दोस्रो भएको थियो भने तेस्रो हुनेमा ओर्जिन स्कुल बिराटचौक रहेको थियो ।

कार्यक्रमको अध्यक्षता कृष्ण श्रेष्ठले गरेको थिए भने कार्यक्रमको प्रमुख अतिथि सुजन कार्की रहेका थिए । कार्यक्रम संघको सचिव आयुष दिप रिजालले सञ्चालन गरेका थिए ।