काठमाडौं ।आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० रुपैयाँले  घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  हिजो सोमबारको तुलनामा आज (मंगलबार) सुनको मूल्य तोलामा ४०० र चाँदीको मूल्य तोलामा ३०  रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत तोलामा ३० रुपैयाँले घटेको छ ।  हिजो १४ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।