इटहरी । नयाँ आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनाका लागि वाणिज्य बैंकहरूले मुद्दती ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरूले आजदेखि लागू हुनेगरी साउन महिनाका लागि ब्याजदर सार्वजनिक गरेका हुन् ।
वाणिज्य बैंकहरुले असारमा औसत ६.८८ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर साउनमा ०.१४ प्रतिशतले घटाएर ६.७४ प्रतिशतमा झारेका छन् ।
हरेक महिना मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतसम्म परिवर्तन गर्न पाउने व्यवस्था अनुसार बैंकहरूले ब्याजदर समायोजन गरेका हुन्।
साउन महिनाका लागि २० वाणिज्य बैंकहरूमध्ये १३ बैंकले ब्याजदर घटेका छन् भने, दुई बैंकले बढाएका छन् । त्यस्तै, ५ बैंकले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
साउन महिनाका लागि वाणिज्य बैंकहरूको ब्याजदर
साउन महिनाका लागि मुद्दतीमा कृषि विकास बैंकले ६.२९, एभरेस्ट बैंकले ६.३, राष्ट्रिय वाणिज्य बैंकले ६.२१, नेपाल एसबीआई बैंकले ६.३ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले ६.५, ग्लोबल आईएमई बैंकले ६.२५, कुमारी बैंकले ६.७१, प्राइम कर्मसियल बैंकले ६.५, नेपाल बैंकले ६.२५, सानिमा बैंकले ६.४ प्रतिशत ब्याजदर साउन महिनाका लागि तोकेका छन् ।
त्यसै गरी एनईमबी बैंकले ७.५३, एनआईसी एसिया बैंकले ७.५३, हिमालयन बैंकले ७.५ प्रतिशत, सिटिजन्सले ६.७५ प्रतिशत, नबिल बैंकले ७ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ७, सिद्धार्थ बैंकले ६.७५, स्टान्डर्ड चार्टर्ड बैंकले ७ प्रतिशत, माछापुच्छ्रे बैंकले ७ प्रतिशत, प्रभु बैंकले ७ प्रतिशत ब्याजदर कायम गरेका छन् ।


















