ताप्लेजुङ । ताप्लेजुङकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ ।

लाखेजात्रा सञ्चालन समितिको आयोजनामा हुने प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई तीन लाख ११ हजार एक सय ११ र उपविजेतालाई  एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।