इटहरी । सुनको मूल्य शुक्रबार स्थिर छ। बिहीबार प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्यमा कुनै फेरबदल नभएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी भने केही सस्तिएको छ। बिहीबार २०९५ रुपैयाँ प्रतितोला कारोबार भएको सेतो धातु शुक्रबार २ हजार ७० रुपैयाँमा झरेको हो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार ७२६ अमेरिकी डलर र चाँदी ३३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।


















