इटहरी । सेयरबजारमा आज ५ अर्ब ३४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १ करोड कित्ता बिक्रीमा यो कारोबार भएको हो। बजार परिसूचक नेप्से आज २७.४१ अंकले बढेर २६४५.३६ विन्दुमा छ। सोमबार २१३ कम्पनीको सेयर मूल्य बढ्दा २८ वटाको घटेको र २ वटाको उही मूल्यमा कारोबार भएको छ।
आज जानकी फाइनान्स र डोल्टी पावरको सेयर १० प्रतिशतले बढ्दा सेयरधनीले क्रमशः ७०.५० र ५५.७० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै रिभर फल्स पावर, मेन्छियाम हाइड्रो र मायाखोला हाइड्रोको सेयर मूल्य पनि बढेको छ।
गिरावटतर्फ आज सेयरधनीहरुले ६.०२ प्रतिशतसम्म प्रतिकित्ता नोक्सानी व्यहोरेका छन्। कारोबारमा भने नेपाल फाइनान्सको ३३ करोड, समृद्धि फाइनान्स २४ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसन १९ करोड, जानकी फाइनान्स १६ करोड र पिपुल्स हाइड्रोपावरको १५ करोडको कारोबार भएको छ।


















